कोशीको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेस
खबर एक्सप्रेस
२०८०-०३-२१ ०५:०९ मा प्रकाशित
Total Shares: 74
विराटनगर - कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन्। उनले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।
थापालाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरूले समर्थन गरेका छन्।
माओवादीबाट १२ जनाले मात्रै हस्ताक्षर गरेका छन्। त्यस्तै कांग्रेसका २९, समाजवादीका ४ र जसपाका एक सांसदले हस्ताक्षर गरेका छन्। सभामुख बाबुराम गौतमले समेत छुट्टै हस्ताक्षरसहित समर्थन गरेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस