फिक्सिङ गरेको थाहा पाए प्रमाणसहित उजुरी गर्न क्यानको आग्रह
काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान) म्याच फिक्सिङ गरेको थाहा पाए प्रमाणसहित ‘एन्टी करप्सन युनिट’लाई उजुरी गर्न आग्रह गरेको छ। जारी नेपाल टी– २० लिगमा ‘म्याच फिक्सिङ’/‘स्पोट फिक्सिङ’का बारेमा केहीदिन यता विभिन्न समाचार आएपछि बुधबार एक विज्ञप्ती जारी गर्दै प्रमाणसहित एन्टी करप्सन युनिटलाई बुझाउन आग्रह गरेको हो।
क्यानका कार्यवहाक सचिव प्रशान्त विक्रम मल्लद्वारा जारी विज्ञप्तीमा फिक्सिङको बारेमा भ्रम र हल्ला फैलाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
जारी लिगमा स्पट फिक्सिङ भएको दाबी गर्दै क्रिकेट कमेन्टेटर सचिन तिमिल्सिनाले मंगलबार एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरेका थिए। त्यस्तै, नेपाली क्रिकेट टिमका पूर्वकप्तान एवं काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्नै टीमका एक खेलाडीलाई फिक्सरले अप्रोच गरेको बताएका थिए। यस विषयमा अनुशासन समितिमा आफूहरुले रिपोर्टसमेत गरेको उनले जानकारी गराएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस