सर्वदलीय बैठकमा ओली नजाने
काठमाडौं - सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली नजाने भएका छन् ।
संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ । तर, नजानुको कारण भने खुलाइएको छैन ।
आज दिउँसो बस्ने बैठकमा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेता सहभागी हुने बताइएको छ ।
सभामुखले प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीलाई व्यक्तिगत पत्र पठाएर निम्ता गरेका थिए । तर, ओली आफ्नै नेतृत्वको सरकार हुँदादेखि नै सभामुखसँग असन्तृष्ट थिए । सोहीकारण बैठकमा ओली नजाने स्रोतको दाबी छ ।
एमालेले पार्टीले १४ जना सांसदलाई कारबाही गरेको सूचना नटाँसेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ ।
फेसबुक पेज Like गर्नुहोस