पोखरामा स्थानीयको अवरोधपछि कोरोना संक्रमितको शव व्यवस्थापन
काठमाडौं - पोखरामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् ।
गएराति पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्याङ्जाको आँधीखोला गाउँपालिका-१ सिरुबारीका कोरोना संक्रमणबाट मृत्यु भएका ५५ वर्षीय पुरुषको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका हुन् ।
पोखरा महानगरले उक्त शव वडा नं ३२ स्थित सेती नदी किनारमा अन्त्येष्टि गर्ने भनेर जग्गा खोज्यो । तर, स्थानीयले टायर बालेर बाटो अवरुद्ध गर्ने प्रयास गरे । प्रहरी नै परिचालन गर्नुपर्यो । त्यसक्रममा प्रहरीले ८ राउन्ड हवाइ फायर गरेको छ । प्रहरीले ८ जनालाई नियन्त्रणमा पनि लिएको छ ।
यद्यपि नेपाली सेनाले शव व्यवस्थापन भने गरिसकेको छ । प्रहरीले स्थानीयको भीड व्यवस्थापन गरेपछि मात्रै संक्रमितको शव व्यवस्थापन गरिएको हो ।
फेसबुक पेज Like गर्नुहोस