काठमाडौं - सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले साउन २० गतेदेखि ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । 

नेपाल धितोपत्र बोर्डबाट समेत आईपीओ निष्कासनको अनुमति पाइसकेको कम्पनीले यही महिनाबाट बिक्री गर्न लागेको हो । कम्पनीले असार ९ गते आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको थियो । 

१ अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीले आईपीओ बिक्री तथा प्रबन्धकमा प्रभु क्यापिटल छ ।