फेरि घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७८-०३-०४ ११:०६ मा प्रकाशित
Total Shares: 298
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन शुक्रबार प्रतितोलामा एक हजार २ सय रुपैंयाँ घट्दै ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९० हजार ३ सय रहेको छ ।
बिहिबार पनि सुन प्रतितोलामा १ हजार १ सय रुपैयाँले घटेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा ३५ रुपैयाँले घटेर एक हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस