माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेन्डा
खबर एक्सप्रेस
२०८१-११-२६ ०७:१३ मा प्रकाशित
Total Shares: 150
काठमाडौं - नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे बस्न लागेको हो ।
बैठकमा नेताहरूको जिम्मेवारी, तराई–मधेश जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।
फागुन १२ गते झापाको कचनकवलबाट तराई–मधेश जागरण अभियान सुरु गरेको माओवादी राजावादीहरूको गतिविधि बढेपछि अभियान स्थगित गरेर काठमाडौं केन्द्रित भएको छ ।
अभियान रोकेर नेताहरू काठमाडौं आइसकेका छन् । अभियान चैत ७ गतेसम्मका लागि तय भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस