नेकपा सचिवालय बैठक मङ्गलबार बस्ने
खबर एक्सप्रेस
२०७६-१२-२४ ०५:२९ मा प्रकाशित
Total Shares: 432
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक भोलि (मङ्गलबार) बस्ने भएको छ । बैठक अपरान्ह ४ बजेका लागि तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
बैठक अपरान्ह ४ बजे बस्ने तय भएको हो । लकडाउनयता सचिवालय बैठक बसेको थिएन । नेकपाका वरिष्ठ नेताहरुले बैठकको माग गर्दै आएका थिए ।
सचिवालय बैठकमा सरकारको काम कारबाहीको समिक्षा, औषधी खरिद प्रकरणलगायतका विषयमा छलफल हुने बताइएको छ । यसपटकको बैठकमा गम्भीर विषयहरु उठ्ने एक सचिवालय सदस्यले रिपोर्टर्स नेपाललाई जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस