काठमाडौं - नायक पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानबीच मिलापत्र भएको छ ।

शुक्रबार इलाका प्रहरी कार्यालय धरानमा भएको छलफलमा शाह र प्रधानबीच मिलापत्र भएको हो ।

आफूमाथि नायक शाहका सेक्रेटरी कृष्णप्रसाद जोशीले दुर्व्यवहार र कुटपिट गरेको भन्दै  प्रधानले उजुरी दिएका थिए । होटलमा खाना खाने क्रममा १२ गते राति साढे ९ बजे शाहका सहयोगी कृष्णप्रसाद जोशीले प्रधानमाथि आक्रमण गरेका थिए । होटलको सीसी क्यामेरा फुटेजमा पनि उनले आक्रमण गरेको प्रष्ट देखिन्छ ।

छलफलमा दुवै पक्षले कमजोरी स्विकारेको प्रहरीले जनाएको छ ।