थप ७०८ जनामा कोरोना पुष्टि, ८ को मृत्यु
खबर एक्सप्रेस
२०७७-०९-१४ ०४:४५ मा प्रकाशित
Total Shares: 276
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७०८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५१ हजार ३१२ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८४० पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या ६ हजार ३९६ रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस