काठमाडौं,नुवाकोट-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानअनुसार कुनै पनि दलको बहुमत नआउने दाबी गरेका छन् ।

नुवाकोटको विदुरमा सोमबार प्रथम जिल्ला भेलाको उद्घाटन गर्दै सभापति देउवाले यस्तो दाबी गरेका हुन् ।

उनले अहिलेको संविधानले कुनै पनि दललाई चुनावमा बहुमत ल्याउन नदिने ठोकुवा गरे ।

उनले बहुमत नआउने भएका कारण अन्य दलसँग मिलेर चुनावमा गएको स्पष्ट पारे ।