बार्सिलोनाका अध्यक्ष बर्टोमेउद्वारा राजीनामा
खबर एक्सप्रेस
२०७७-०७-१२ ०८:४७ मा प्रकाशित
Total Shares: 339
काठमाडौं, एजेन्सी - बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले पदबाट राजीनामा दिएका छन् ।
पछिल्लो समय निकै आलोचित बनेका अध्यक्ष बर्टोमेउले बुधबार पदबाट राजीनामा दिएका हुन् । उनी २०१४ मा क्लबको अध्यक्ष बनेका थिए ।
गत अगष्टमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबबाट बाहिरिने निर्णय गरेपछि बर्टोमेउमाथि राजीनामा दिनुपर्ने दबाब बढेको थियो । मेस्सीले बर्टोमेउको सार्वजनीक रुपमै आलोचना गर्दै आएका थिए ।
बर्टोमेउको नेतृत्वमा बार्सिलोनाले चार ला लिगा र एक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस