सादा पोसाकमा कार्यरत प्रहरी जवानको शव जंगलमा भेटियो, अनुसन्धान गर्दै प्रहरी
खबर एक्सप्रेस
२०८०-१२-२२ ०९:५८ मा प्रकाशित
Total Shares: 105
काठमाडौं,कैलाली-कैलालीमा एकजना प्रहरी जवान जंगलमा मृत फेला परेका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ का २६ वर्षीय सुरजराम लुहार बुधबार बेलुका जंगलमा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी धनगढी उपमहानगरपालिका–७ स्थित मनहेरा सामुदायिक वनभित्र झुण्डिएको अवस्थामा भेटिएका छन् । लुहार जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए ।
उनी त्यहाँ सादा पोसाकमा रहेर काम गर्दै आएका थिए । केहीदिन अघि उनी घर बिदामा आएको खुलेको छ ।
मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस