अध्यादेश फिर्ता लिन माग गर्दै अनेरास्ववियुको प्रदर्शन
काठमाडौं-नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी लगायतका नेताहरुलाई रिहा गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। अनेरास्ववियुले मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो।
फौजदारी मुद्दाको सजाय भोगिरहेका नेता तथा कार्यकर्तालाई आममाफी दिनेगरी अध्यादेश ल्याइएको भन्दै अनेरास्ववियुले सो अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सो अध्यादेशले चौधरी लगायतलाई जेलबाट छुटाएर बहुमत पुर्याउने र नयाँ सरकार गठन गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारले सो अध्यादेश ल्याएको बताइन्छ।
अनेरास्ववियु केन्द्रीय कमिटी र राष्ट्रिय युवा संघ नेपालले पनि सो अध्यादेश फिर्ता नलिए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिइसकेका छन्। सरकारले ल्याएको सो अध्यादेशको चौतर्फी विरोध भइरहेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस