काडमाडौं, एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज किंग्स ११ पञ्जाब र राेयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुदैँछ । खेल नेपाली समयानुसार ७:४५ बजे शारजहा रंगशालामा हुनेछ ।

अंक तालिको शिर्ष तीनमा रहेको बेंग्लोरलाई पुछारमा रहेको पञ्जाबले चुनौती दिन लागेको हो ।

बेंग्लोरले जारी सिजनमा सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै सुखद सुरुवात गरेको थियो । तर, दोस्रो खेलमा पञ्जाबसँग ९७ रनले पराजित भएको थियो । आजको खेलमा बेंग्लोर बदला लिने तयारीमा रहेको छ ।

यता, पञ्जाब भने पछिल्ला पाँच खेलमा पराजित भएको छ । आजको खेलमा पनि बेंग्लोरमाथि दवादव राख्ने तयारीमा पञ्जाब छ ।

'हेड टु हेड'को आंकडा हेर्दा पञ्जाब बलियो देखिएको छ । यी दुई टोलीबीच खेलिएका २५ खेलमध्ये पञ्जाब १३ मा र बेंग्लोर १२ मा विजयी भएका छन् ।