सर्वोच्चद्वारा जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज
काठमाडौं - सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश खारेज गरेको हो । उक्त आदेश जनमोर्चाले उनलाई गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै सदर गर्नु हो ।
‘यस अवस्थामा विपक्षी निवेदक थापालाई जेठ २३ मा जारी भएको अन्तरिम आदेशको कार्यान्वयमा हाल आवश्यकता र उपयुक्तता रहरहेको नदेखिँदा सो मितिमा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन नगरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(७) बमोजिम खारेज गरिदिएको छ, अरु नियमानुसार गर्नु !’ अदालतकाे आदेशमा भनिएको छ।
पार्टीको ह्विप नमानेको आरोपमा सांसद थापा पार्टीको कारबाहीमा परेका थिए । त्यसपछि उनी सर्वोच्चमा पुगेका थिए । न्यायाधीश कुमार चुडालको एकल इजलासले सांसद थापालाई पदमुक्त गर्ने प्रदेश सभाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो, तर गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभा सचिव हरिराज पोखरेल र राष्ट्रिय जनमोर्चा गण्डकीले पुनरावलोकन निवेदन (भ्याकेट) हालेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस