उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन गरिदैँ
खबर एक्सप्रेस
२०८०-१२-२४ ०८:०९ मा प्रकाशित
Total Shares: 147
काठमाडौं - उप निर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुदैँछ ।
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो ।
निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ ।
आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ ।
इलाममा संघीय संसदका लागि र बझाङमा प्रदेश संसद सदस्यका लागि निर्वाचन हुदैँछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस