काठमाडौं - काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि बढाउने या न नबढाउनेबारे आज निर्णय हुने छ । भदौ ३ गते रातिबाट जारी भएको निषेधाज्ञाको समयावधि १२ गते सकिन लागेपछि एक साता थप गरिएको थियो ।

थपिएको अवधि पनि आज राति १२ बजेबाट सकिँदैछ । सोही कारण आज यसबारेमा निर्णय हुने छ ।

समयअवधि थप गर्ने या नगर्ने भनेर मंगलबार तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच ‘भर्चुअल’ बैठक भएको थियो । आज पनि जारी निषेधाज्ञाको समिक्षा गर्दै निर्णय लिइनेछ ।

उपत्यकामा निषेधाज्ञा जारी भए पनि संक्रमितहरुको संख्या निकै बढिरहेको छ । तर, निषेधाज्ञाको कारण मानिसहरुको दैनिकी कठिन बन्दै गएपछि अवधि थप गर्नको लागि पनि सरकारलाई गाह्रो परिरहेको छ । 

सोही कारण निषेधाज्ञालाई केहि खुकुलो बनाइने अनुमान गरिएको छ ।