काठमाडौं - नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीका बैठक आज बस्दैछ । आज कार्यकारिणी र पर्सी केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

बैठकमा अर्का अध्यक्ष महेन्द्रराय यादव पक्ष नेताहरुले पार्टी विभाजन गरेर माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको विषयमा छलफल हुने बताइएको छ । बाबुरामसँग विभाजित भएर यादव पक्षका नेताहरुले माओवादीसँग एकताको लागि शनिबार चार बुँदे सहमति गरेका छन् ।

बैठकले पार्टी छाडेर जानेविरुद्ध कारवाही हुने बताइएको छ ।