माओवादी सुदूरपश्चिमकाे संसदीय दलको नेतामा खगराज भट्ट चयन
खबर एक्सप्रेस
२०७९-०९-१७ ०१:३१ मा प्रकाशित
Total Shares: 233
कैलाली - नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् ।
संसदीय दल आयतबार बसेको बैठकले दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो । स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत रहेका भट्ट दलको नेतामा चयन भएका हुन् ।
शनिबारको बैठकमा सहमति नभएपछि पुनः आइतबार बसेको बैठकले भट्टलाई दलको नेतामा चयन गर्दै माओवादीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने जिम्मा पनि दिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस