हिमाल दोलखा हाइड्रो हकप्रद शेयरको प्रत्याभुति नागरिक लगानी कोषले गर्ने
खबर एक्सप्रेस
२०७९-०६-१२ ०९:३७ मा प्रकाशित
Total Shares: 162
काठमाडौं - नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको प्रत्याभुति गर्ने भएको छ ।
मंगलबार कोष र हाइड्रोपावर कम्पनी बीच प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत ९१ः०.७५ को अनुपातले हुने १ अर्व २० कारोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद शेयरको प्रत्याभुति कोषले गर्ने भएको छ ।
सो सम्वन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरको अध्यक्ष रन्जना दाहालले हस्ताक्षर गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस