मौमसविद् भन्छन्: 'आगामी तीन दिनमा ठूलो पानी पर्ने सम्भावना छैन'
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनमा ठूलो वर्षाको सम्भावना नरहेको बताएको छ ।
घाम, बादल लाग्ने र पानी पर्ने क्रम जारी रहे पनि गत ठूलो वर्षा हुने गरी मौसमी प्रणालीमा बदलाब नआएको मौसमविद्ले बताएका छन् । मौसम प्रतिकूल हुने सम्भावना नरहेको अर्थात् भारी र अतिभारी वर्षा नहुने मौसमविद् समीरकुमार श्रेष्ठले बताए । ‘तर वर्षा नै नहुने भने होइन, बर्खामा यो नियमित प्रक्रिया हो,’ उनले भने ।
हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव छ। साथै मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक छ ।
शुक्रबार बिहान कर्णाली र सुदूरपश्चिका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस