काठमाडौं - जनता समाजवादी पार्टी जसपाको विवादबारे महन्थ ठाकुरले माग गरेअनुसार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

ठाकुरले दिएको रिटमा सुनुवाई गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यससँगै उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय कायमै रहने भएको छ ।

निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो। यसको विरोधमा ठाकुर सर्वोच्चमा पुगेका थिए।