काठमाडौं,एजेन्सी - अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाले द वेस्ट फिफा फुटबल अवार्ड २०२० को मनोनयन सार्वजनिक गरेको छ। फिफाले बुधबार वर्ष खेलाडी (पुरुष तथा महिला), गोलकिपर (पुरुष तथा महिला), प्रशिक्षक (पुरुष तथा महिला) र फिफा पुस्कस अवार्ड गरी सात विधाको मनोनयन सार्वजनिक गरेको हो। 

द वेस्ट फिफा अवार्ड आगामी १७ डिसेम्बर सार्वजनिक गरिनेछ।  वर्ष पुरुष खेलाडीको अवार्डमा सधैं झैँ यसपटक पनि बार्सिलोनाका लिओनल मेसी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो परेका छन्। 

११ जना परेको मनोनयनको सूचीमा लिभरपुलका चार जना खेलाडी छन्। जसमा थियागो अल्कान्टारा, साडियो माने, मोहमद सलाह र भर्जिल भान डाइक छन्।

फिफाले ९ डिसेम्बरसम्म आफ्नो आधिकारिक वेभपोर्टलबाट भोट गर्न सकिने जनाएको छ। फिफाले ११ डिसेम्बरमा प्रत्येक विधामा तीन जना फाइनलिस्टको नाम सार्वजनिक गर्नेछ। 

द वेस्ट फिफा मेन्स प्लेयर मनोनयन 

थियागो अल्कान्टारा (स्पेन/वायर्न म्युनिख/लिभरपुल)

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल/युभेन्ट्स)

केभिन डे ब्रुना (बेल्जियम/म्यानचेस्टर सिटी)

रोबर्ट लेवान्डोस्की (पोल्यान्ड/वायर्न म्युनिख)

साडियो माने (सेनेगल/लिभरपुल)

केलियन एमबाप्पे (फ्रान्स/पिएसजी)

लियोनल मेसी (अर्जेन्टिना/बार्सिलोना)

नेइमार (ब्राजिल/पिएसजी)

सर्जियो रामोस (स्पेन/रियल म्याड्रिड)

मोहमद सलाह (इजिप्ट/लिभरपुल)

भर्जिल भान डाइक (नेदरल्यान्ड्स/लिभरपुल)