ललिता निवास जग्गा प्रकरण- आरोपित पक्राउ गर्न बाटो खुल्यो
खबर एक्सप्रेस
२०७६-११-०५ ११:०० मा प्रकाशित
Total Shares: 370
काठमाडौं - ललिता निवास जग्गा प्रकरणमा मुछिएका १ सय ७५ जनामध्ये १ सय ७२ जनाविरुद्ध गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)मा किटानी जाहेरी दर्ता गरेको छ ।
सीआईबीले आइतबार ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेका १ सय ७५ जनामध्ये १ सय ७२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको जनाएको हो ।
जाहेरी दर्ता भएसँगै उनीहरूलाई पक्राउ गरेर कारबाही अधि बढाउन प्रहरीलाई बाटो खुलेको छ। सीआईबीका प्रवक्ता तथा नेपाल प्रहरीका एसपी बेलबहादुर पाण्डेले उनीहरूविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गरे ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस