भारतीय पर्यटकलाई नेपाल भ्रमण असहज बन्दै
काठमाडौं - भाारतीय पर्यटकहरूका लागि नेपाल भ्रमण असहज बन्दै गएको भारतीय सरोकारवालाहरूले बताएका छन् ।
केही समयअघि पोखरामा भारतीय सवारीसाधन लिएर घुम्न जान निषेध गरिनु, स्थलमार्ग भएर नेपाल आउने क्रममा भारतीय पर्यटकमाथि दुर्व्यवहार बढ्दै जानुजस्ता कारणले भारतीय पर्यटक घटेको व्यवसायीहरू बताउँछन् ।
भारतीयहरूलाई पर्यटकको रुपमा नै नहेर्ने लगायतका कारणले उनीहरूको रोजाइमा नेपाल परे पनि पछिल्ला दिनमा असहजता महशुस गर्दै गएको एसोसियसन अफ बुद्धिष्ट टुर अपरेटर्सका महासचिव कौशल शर्माले बताए ।
नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी हिस्सा निकायलाई भारतीय पर्यटककै छ । सन् २०१९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत २लाख ५४ हजार १ सय ५० भारतीय पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
कारोबार दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस