राष्ट्रपतिविरुद्धको रिटमा आइतबार सुनुवाइ हुने
खबर एक्सप्रेस
२०७९-०६-०७ ०४:३१ मा प्रकाशित
Total Shares: 170
काठमाडौं - नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेको पाँच वटा रिटमा आइतबार सुनुवाइ हुने भएको छ।
शुक्रबारका लागि पेसी तोकिएपनि ती रिटहरु हेर्न नभ्याइने सूचीमा परेपछि आइतबार सुनुवाई हुने भएको हो ।
संघीय संसदका दुवै सदनबाट दोहोर्याएर पारित भएको विधेयकलाई समयसीमा (१५ दिनभित्र) प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेकी थिइन् । राष्ट्रपतिविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतले रिट दायर गरेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस