बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो रिपोर्ट 'नेगेटिभ'
काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी संक्रमित महिलामा बिहीबार गरिएको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । उनका अनुसार तेस्रो पटक परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाएको रिपोर्ट नेगेटिभ आएको हो ।
यसअघि संक्रमित महिलाको दुई वटा परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो । पोखरेलकाअनुसार २४ घण्टापछि गरिने अर्को परीक्षणको रिपोर्ट पनि नेगेटिभ आए ती महिलाई डिस्चार्ज गरिने छ । आजै महिलाको अर्को परीक्षणको लागि स्वाब पठाउने तयारी भइरहेको छ ।
उनीसँगै एउटै विमानमा नेपाल आएकी अर्की १९ वर्षीया युवतीको भने तेस्रो रिपोर्ट पनि पोजिटिभ आएको छ ।
फेसबुक पेज Like गर्नुहोस