काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना (एमसीसी)मा राष्ट्रिय सहमति हुने आशा व्यक्त गरेका छन् । बुधबार आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै उनले एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका हुन् ।

एमसीसीमा राष्ट्रिय सहमति भएमा यसलाई अघि बढाउन सजिलो हुने उनको भनाई छ । एमसीसी जनताको घर-घरमा पुगेको विषय भएको बताउँदै सापकोटाले भने, ‘एमसीसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु, यो अगाडि बढाउने सन्दर्भमा म चाहन्छु, राष्ट्रिय सहमति होस्, किनभने यो जनताको घर-घरमा पुगेको विषय छ ।’ 

यदि राष्ट्रिय सहमति हुन नसके पनि संसदमा भएका दलहरुबीच सहमति हुनुपर्ने उनले बताए । सो परियोजना अनुमोदनका लागि संसदमा विचाराधीन छ ।