प्रिमियर लिग: मध्य सिजनमै लिभरपुलले लियो १३ अंकको अग्रता
खबर एक्सप्रेस
२०७६-०९-१४ ११:०० मा प्रकाशित
Total Shares: 392
काठमाडौं - गएराति भएको प्रिमियर लिगमा लिभरपुलले वुल्भ्सलाई १-० गोलले पराजित गरेको छ । केही दिन अगाडि मात्रै म्यानचेस्टर सिटीलाई पछारेको वुल्भ्स लिभरपुलसँग पराजित भएको हो
लिभरपुलको घरेलु मैदानमा भएको खेलमा साडियो मानेले सानदार गोल गरे । खेलको ४२ औं मिनेटमा उनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
लिग लिडर लिभरपुलले १३ अंकको लिड बनाएको छ । यस सिजन अपराजित रहेको लिभरपुलले १९ खेलमा ५५ अंक जोडेको छ । दोस्रो स्थानको लेष्टर सिटीको ४२ अंक रहेको छ । वुल्भ्स ३० अंकका साथ लिगको आठौं स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस