काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०४-२४ ०४:४९ मा प्रकाशित
Total Shares: 271
काठमाडौं - उपत्यकामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ५६ जनाऽ भक्तपुरका ३ जना र ललितपुरका ३ जनामा कोरोना संक्रमण देखिएको हो ।
शुक्रबार मात्र काठमाडौँ उपत्यकामा १०६ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।
नेपालमा पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ।
फेसबुक पेज Like गर्नुहोस