२ वर्षदेखि भूमिगत विप्लव आज सार्वजनिक हुँदै
खबर एक्सप्रेस
२०७७-११-२१ ०८:४८ मा प्रकाशित
Total Shares: 521
काठमाडौं - दुई वर्षदेखि भूमिगत राजनीतिमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ आज (शुक्रबार) सार्वजनिक हुँदैछन् ।
सरकारसँग भएको तीनबुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न आज उनी सार्वजनिक हुँदैछन् ।
आज दिउँसो २ बजे काठमाडौंमा आयोजना गरिने संयुक्त ‘विशेष समारोह’मा यसअघि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै मञ्चमा देखिनेछन् ।
हिजो बिहान भएको तीनबुँदे सहमतिलाई सोही दिन साँझ बसेको मन्त्रिपषिद् बैठकले अनुमोदन गरिसकेको छ भने विप्लव नेकपालाई लगाइएको प्रतिबन्धसमेत फुकुवा गरिसकेको छ । यसै अनुसार विप्लव नेकपा खुला र शान्तिपूर्ण राजनीतिमा आएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस