सन्दीपले पहिलो खेलमै लिए दुई विकेट
काठमाडौं - नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा मेलबर्न स्टार्सविरुद्ध २ विकेट लिएका छन् ।
सन्दीप लामिछाने आफ्नो पूर्व क्लब मेलबर्न स्ट्रारविरुद्ध दुई विकेट लिन सफल भएका हुन् । सन्दीप यस सिजन होबार्ट हरिक्यान्सबाट खेलिरहेका छन् ।
सन्दीपले खेलको छैटौं तथा आफ्नो पहिलो ओभरको चौथो बलमा हिल्टन काट राइटलाई बोल्ड आउट गरेका थिए । र, चौथो ओभरमा सन्दीपले वेन डन्कको विकेट लिएका थिए ।
सन्दीपको २ विकेटसँगै हुरीकेन्सले मेलबर्नलाई २१ रनले पराजित समेत गरेको छ । होबर्टमा हुरीकेन्सले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको मेलबर्नले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।
मेलबर्नका लागि ग्लेन म्याक्स्वेलले ७० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार जोगाउन सकेनन् । यस्तै साम रेइनबर्डले १५ तथा निकोलस पुरनले १४ रन बनाए ।
हुरीकेन्सका स्कोट बोलान्डले ३ विकेट लिए । सन्दीपसँगै नाथन एलिसले पनि २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हुरीकेन्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस