लिभरपुललाई हराउँदै म्यानचेष्टर युनाइटेड एफए कपको पाँचौ चरणमा
काठमाडौं,एजेन्सी - म्यानचेस्टर युनाइटेड एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी लिभरपुलमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै युनाइटेड पाँचौ चरणमा प्रवेश गरेको हो ।
युनाइटेडको मैदानमा भएको खेलमा सुरुवाती अग्रता भने लिभरपुलले लिएको थियो । खेलको १८ औं मिनेटमा मोहमद सलाहले गोल गरेका थिए । तर, २६औं मिनेटमा मासन ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए ।
त्यसपछि दोस्रो हाफको ४८औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए । ५८औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए । तर, ७८ औं मिनेटमा ब्रुनो फर्नान्डेसले फ्रिकिक गोल गर्दै युनाईटेडलाई ३-२ को रोमाञ्चक जित दिलाए ।
अब युनाइटेडले क्वाटरफाइनल प्रवेशका लागि वेस्ट ह्यामसँग खेल्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस