संसदीय दलको बैठकअघि खनाल-नेपाल पक्षका सांसदहरूको छुट्टै भेला
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले सांसदहरुको भेला बोलाएको छ ।
प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीवार विहान ११ बजेका लागि बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन् । उक्त बैठकअघि नेपाल–खनाल पक्षले पनि ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा आफूनिकट सांसदहरूलाई बोलाएको हो । ओलीले बोलाएको बैठकमा सो पक्षले नजाने बताएको छ ।
ओलीकैविरुद्ध नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि ललितपुरमा जारी छ । आज पनि बस्दैछ । गत फागुन २८ गते प्रधानमन्त्री ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि सो पक्ष रुष्ट बनेको छ ।
फेसबुक पेज Like गर्नुहोस