काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा बढेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा २ सयले बढेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ९१ हजार रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार ३२५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।