प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्दै आएको प्रतिनिधिसभा बैठक आज मंगलबार पुन बस्दैछ ।
दिउँसो १ बजेदेखि संसद भवनमा सुरु हुने बैठकमा विभिन्न प्रतिवेदन र विधयेक प्रस्तुत गर्ने कार्यसूचि रहेको छ । बैठक संचालन भएमा आज कारागार विधेयक २०७६ बैठकमा पेश हुनेछ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्ले नेपाल इन्जिनियरिङ परिषद (पहिलो संशोधन) विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्रमाण (दोस्रो संसोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले बिउ बिजन (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछिन्।।
बैठकले पहिलो संविधानसभा सदस्य सिद्धार्थकुमार सोमानीको निधनमा शोक प्रस्ताव पनि पारित गर्ने कार्यसूची रहेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस