पार्टीको सम्पूर्ण एकता नै आफूहरुको विश्वास र अडान होः गोकर्ण विष्ट
काठमाडौं - नेकपा एमाले नेता गोकर्ण विष्टले पार्टीको सम्पूर्ण एकता नै आफूहरुको विश्वास र अडान भएको बताएका छन् । बिहीबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता विष्टले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत् अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनका पक्षमा निरन्तर लागिरहने बताएका छन् ।
नेता विष्टले एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नाम समेत जोडेर केही सञ्चार माध्यमहरुमा भ्रमपूर्ण समाचार प्रकाशित भइरहेको भन्दै एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि झुठा प्रचार गराउँदैछन् ? भनेर प्रश्न गरेका छन् ।
उनले पार्टी एकताको लागि आफूहरु निरन्तर प्रयत्नशील रहेको भन्दै अन्तिमसम्म लागिरहने बताएका छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस