काठमाडौं - धादिङको छत्रे देउराली केन्द्रविन्दु बनाएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार अपराह्न ४ बजेर २९ मिनेट जाँदा ३ दशमलव ८ रेक्टरस्केलको भूकम्पको धक्का गएको हो ।

भूकम्पको केन्द्रबिन्दु काठमाडौँ नजिकै भएको कारणले गर्दा धक्का काठमाडौँमा पनि महशुस गरिएको थियो ।