देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने
खबर एक्सप्रेस
२०७८-१०-२४ ०९:५० मा प्रकाशित
Total Shares: 233
काठमाडौं - काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने अनुमान गरिएको छ ।
अहिले बिहान केही ठाउँमा हुस्सु, कुहिरो लागे पनि दिउँसाे घाम लाग्ने मौसमविद् गङ्गा नगरकोटीले बताए।
आज र भोलि मौसम सामान्यतया सफा नै रहे पनि पर्सिदेखि फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छ ।
उनकाअनुसार पर्सि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बद्ली भइ केही ठाउँमा पानी पर्ने सम्भावना छ ।
बिहीवार भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा समेत पर्ने अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस