एजेन्सी - रियल मड्रिडका पूर्वखेलाडी एडविन कोंगो पक्राउ परेका छन् । लागूऔषधको कारोबारमा संलग्न भएको अारोपमा ४३ वर्षीय पूर्व खेलाडी कोंगो पक्राउ परेका हुन् ।

अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित समाचार अनुसार कोलम्बियाका कोंगोसहित १० जनालाई लागूऔषको कोरोबारमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो । कोंगोले भने आफू ड्रग्स बिक्रीमा समावेश नभएको भनी स्टेटमेन्ट दिएपछि उनलाई केही घण्टापछि प्रहरीले फुकुवा गरेको बताइएको छ ।

कोंगोले सन् १९९९ देखि २००२ सम्म रियलबाट खेलेका थिए । त्यसपछि उनी रियल भालाडोलिड, लेभान्टे र स्पोर्टिङ गियोनजस्ता क्लबबाट खेलेका थिए ।