सामाजिक सञ्जालमा विज्ञापन : भुक्तानीमा कडा नियन्त्रण
काठमाडौं - सामाजिक सञ्जालबाट गरेको विज्ञापनको भुक्तानी बैंकिङ प्रणालीबाहिर गएर गरे कारबाही भोग्नुपर्ने भएको छ ।
अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी होु, राष्ट्र बैंकले भनेको छ, 'त्यसरी कारोबार गरेको पाइए कानुनबमोजिम कारबाही हुनेछ।'
राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जालमा विज्ञापन गरेबापत पैसा तिर्दा वा लदा बैंकिङ प्रणालीको प्रयोग गर्न भनेको हो।
विज्ञापन एजेन्सीहरूका अनुसार गुगल र सामाजिक सञ्जालको विज्ञापनमा गन वार्षिक डेढ अर्ब रकम बाहिरिने गरेको अनुमान छ।
यो अनुमानभन्दा बढी रकम बाहिरिएको हुन सक्ने सूचना(प्रविधिका विज्ञ बताउँछन्। त्यस्तो विज्ञापनमा नेपालीले पैसा खर्चिरहेका छन् भने युट्युबजस्ता इन्टरनेट 'प्लेटफर्म'मार्फत धेरैले विदेशबाट पैसा आर्जन गर्छन्।
अन्नपूर्ण पोस्टबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस