काठमाडौं  - नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ।  तेजावी सुनको मूल्य तोलाको ८६ हजार १५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । मंगलबार चाँदी प्रतितोलाको ५ रुपैयाँले बढेर एक हजार २८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।