काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६७४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ९३ हजार ३२५ जना स‌ंक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ । क्वारेन्टिनमा भने ७५७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट देशभरका प्रयोगशालामा मात्र ९ हजार ८०५ जनाको नमुना परीक्षण गरिएको छ ।