बालिका हत्या प्रकरणः प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु
काठमाडौं,महोत्तरी - महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ । संजय उपनामले चिनिने उनको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।
बर्दिबास– १४ शुभम् बस्तीकी ६ वर्षीया बाट बेपत्ता भएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या भएपछि दोषीलाई कारबाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा घाइते भएका न्यौपानेको मृत्यु भएको हो । तीघ्रामा गोली लागेका न्यौपाने सख्त घाइते भएका थिए।
हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवासमा मंगलबार सडक अवरुद्ध पारेका थिए । राजमार्ग खुलाउन प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास र गोली चलाउँदा गोली लागेर तीनजना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको मृत्यु भएपछि जिल्ला सुरक्षा समितिको बैठक कसेको छ ।
फेसबुक पेज Like गर्नुहोस