भोलिबाट बारले सर्वोच्च केन्द्रित आन्दोलन गर्ने
काठमाडौं - नेपाल बार एशोसिएसनले सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित आन्दोलन गर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनलाई बारले सर्वोच्च केन्द्रित गर्न लागेको हो। आज आइतबार बारको आह्वानमा कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा धर्ना दिइरहेका छन्।
उता प्रधानन्यायाधीश जबराको समर्थनमा केही युवाहरुले प्रदर्शन गरेका छन्। बार र जबरा समर्थनका युवाहरुबीच तनाव हुन लागेको थियो। आन्दोलनरत कानुन व्यवसायीहरुले भने भिजिलान्तेहरु प्रयोग गरेर अदालतसम्म भिड्न पठाइएको भन्दै विरोध गरेको छ। बारका महासचिव लीलामणि पौड्यालका अनुसारयसको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्ने बताएका छन्।
पौडेलले भोलि सोमबारदेखि उपत्यकाका सबै आन्दोलन सर्वोच्च परिसरमै केन्द्रित हुने बताएका छन्। उनले घुस कमिसनको पैसा लिएर आएकाहरुबाट हाम्रो आन्दोलनलाई अपमान गर्न खोजिएको भन्दै यसविरुद्ध हरेक दिन सर्वोच्चको गेटमा आन्दोलन गर्ने बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस