काठमाडौं - आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ। नेदरल्यान्ड्सको युट्रेच्टमा जारी खेलमा नामिबियाले नेपालसामु २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नामिबियाले २० ओभरमा ७ विकेटको क्षतिमा २११ रन जोड्यो।
उसका लागि जान निकोलास फ्रायलिन्कले शतकीय पारी खेले। १४९ बल खेलेका उनले ३ चौका मात्रै प्रहार गर्दै १०० रनमा रनआउट हुन पुगे। यस्तै, लौरेन स्टिनक्याम्पले ५९ तथा मलान क्रुगरले १५ रन जोडे।
बलिङतर्फ नेपालका करण केसी एक्लैले पाँच विकेट लिए। योसँगै उनले एकदिवसीयमा १०० औं विकेट लिन सफल भए। यस्तै, सोमपाल कामीले एक सफलता हात पारे।

.gif)



