मुख्य प्रशिक्षक आर्टेटालाई कोरोना देखिएपछि आर्सनलको प्रशिक्षण बन्द
एजेन्सी - विश्वभर त्रास फैलाइरहेको कोरोना भाइरसको कारणले विश्वभरमा थुप्रै मानिसहरुको ज्यान लिइसकेको छ भने यसबाट संक्रमित हुने संख्या बढ्दो छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा ४ हजार ९ सय ७२ जनाले ज्यान गुमाइसकेका छन् भने ६० हजार भन्दा बढी यसबाट संक्रमित छन् । ६८ हजार ९ सय ३४ जना भने यस भाइरसलाई जित्दै निको भएका छन् ।
यता यस भाइरसको कारणले खेल क्षेत्रमा पनि निकै ठुलो असर पुर्याएको छ । त्यसमध्ये सबैभन्दा प्रभावित फुटबल हुन पुगेको छ । इंग्लिस क्लब आर्सनलले विज्ञप्ति जारी गर्दै प्रशिक्षण बन्द गरेको छ ।
आर्सनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटालाई कोरोना पोजिटिभ देखिएको छ । उनलाई बिहिबार साँझ कोरोना पोजिटिभ देखिएको क्लबको विज्ञप्तिमा उल्लेख गरिएको छ
आर्सनलले प्रिमियर लिगमा बुधबार राति म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै थियो भने आजै राति ब्राइटनसँग पनि प्रतिस्पर्धा गर्दै थियो । तर आफ्नो प्रशिक्षकलाई कोरोना पोजिटिभ देखिएपछि दुवै खेल रद्ध भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस