उपत्यका प्रवेश गर्नेले आफ्नै खर्चमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने
खबर एक्सप्रेस
२०७७-०५-२५ ०५:५२ मा प्रकाशित
Total Shares: 291
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने बताएको छ ।
बिहीबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जानेलाई अनिवार्य १४ दिन होम क्वारेन्टिनमा वा क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको जानकारी दिएका हुन् । उक्त अवधिमा क्वारेन्टिनको सम्पूर्ण खर्च आफैले बेहोर्नुपर्ने हुन्छ ।
कोरोना फैलिँदै गएको र पीसीआर परीक्षण महँगो पर्ने भएकाले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको प्रवक्ता डा. गौतमको भनाई छ । क्वारेन्टिनमा बस्दा लक्षण नदेखिएको अवस्थामा कोरोना परीक्षण गर्न नपर्ने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस