काठमाडौं - काठमाडौं जिल्ला प्रशासनले सवारी पास वितरण बन्द गरेको छ। प्रशासनले एक सूचना प्रकाशन गरी पासको माग अत्यधिक बढ्नुका साथै भीडभाड बढेकोले लकडाउन समेत उल्‍लंघन हुने अवस्था भएकाले पास वितरण बन्द गरेको जनाएको छ।

परिवारको मृत्यु सदस्यको संस्कारमा जानेबाहेक अन्य प्रयोजनको लागि सवारी पास वितरणमा आजदेखि रोक लगाएको जनाएको हो।कोरोना भाइरस दृष्टिगत गर्दै सरकारले वैशाख १५ गतेसम्म लकडाउन घोषणा गरेको छ।